गुवाहाटी। एआईयूडीएफको निवर्तमान सांसद तथा धुबडी लोकसभा सीटका उम्मेदवार मौलाना बदरुद्दीन अजमलले लालू प्रसाद यावदद्वारा उठाइएका मुस्लिम आरक्षणको मागको समर्थन गरेका छन्।
मंगलवार अजमलले मिडियासॅंग कुराकानी गर्दै भने, पहिले पनि विभिन्न पार्टीहरूले मुस्लिम आरक्षणसित सम्बन्धित वाचा गरेका थिए, तर कसैले पूरा गरेन। लालू यादवको मुस्लिम आरक्षणको माग स्वागतयोग्य छ।
अजमलले भने, देशमा धेरै साना-साना जातिहरूले आरक्षण पाएका छन्, तर मुसलमानहरूले पाएका छैनन्। मुसलमानहरूले पनि आरक्षण पाउनु पर्छ।
