सिलगढ़ी। नाबालिकसित सामूहिक दुष्कर्म गरेको आरोपमा नक्सलबाड़ी थानाको पुलिसले पाँचजना युवकहरूलाई पक्राउ गरेको छ। घटना नक्सलबाड़ीस्थित एउटा चिया बगानको हो। उक्त घटनापछि चिया बगान क्षेत्रका मानिसहरू सशंकित भएका छन्।
सूत्र अनुसार माटीगाड़ा निवासी नाबालिक युवती पारिवारिक विवाह समारोहमा सामेल हुनका लागि गत सोमवार आफ्नो परिवारसित आफन्तको घर नक्सलबाड़ी चिया बगानमा गएकी थिई। यसै अवधि पाँचजना युवकहरूले नाबालिकलाई चिया बगानभित्र लिएर गए अनि उसित एकपछि अर्को गर्दै सामूहिक दुष्कर्म गरे। घटनापछि पीड़ित नाबालिकले आफूमाथि बितेको सम्पूर्ण घटना बारे आफ्नी आमालाई बताइन्।
त्यसपछि पीड़ित परिवारले गए मंगलवार राती नक्सलबाड़ी थानामा सिकायत दर्ता गराए। उक्त सिकायतको आधारमा नक्सलबाड़ी थानाको पुलिसले कारबाही गर्दै पाँचैजना युवकहरूलाई पक्राउ गऱ्यो। पक्रा परेका युवकहरूमाथि पोक्सो एक्ट अऩ्तर्गत मुद्दा दर्ता गरी पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
