नयॉं दिल्ली, 14 अप्रेल: भारतीय जनता पार्टीले आइतवार ‘संकल्प पत्र’ नामले आफ्नो घोषणपत्र जारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह र वित्तमन्त्री निर्मला सीतारमणले पार्टी मुख्यालयमा संकल्प पत्र जारी गरे।
संकल्प पत्र जारी गर्दै रक्षा मन्त्री एवं भाजपाका वरिष्ठ नेता राजनाथ सिंहले भने, ‘प्रधानमन्त्री मोदीको नेतृत्वमा संकल्पित भारत-सशक्त भारतको संकल्पलाई पूरा गर्न सफलतापूर्वक काम गरिएको छ। अब हामी भारतका 140 करोड़ नागरिक समक्ष आफ्नो नयॉं संकल्प पत्र प्रस्तुत गर्न लागिरहेका छौ।’
उनले प्रधानमन्त्री मोदीको नेतृत्वमा देशवासीहरूलाई गरिएका सबै वाचाहरू पूरा गरेकोमा हर्ष एवं सन्तोष व्यक्त गरे। उनले भने, ‘चाहे 2014 को संकल्प पत्र होस् वा 2019 को घोषणा पत्र, मोदीजीको नेतृत्वमा हामीले आफ्नो संकल्पलाई पूरा गरेका छौ।’
