गेजिङ, 14 अप्रेल: गेजिङ जिल्लामा आज दोस्रो चरणको होम भोटिङ शुरू भयो, जसअन्तर्गत ८५ वर्ष वा सोभन्दा माथिका उमेरका ज्येष्ठ नागरिक वर्ग र अपाङ्गता भएका व्यक्तिहरू (पीडब्ल्यूडी) वर्गमा परेका अनुपस्थित मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरे।
यसैगरी, विधानसभा क्षेत्र र संसदीय निर्वाचन क्षेत्रका लागि कुल 02 हुलाक मतपत्र नोडल अधिकारीले प्राप्त गरेको बताइएको छ। जुन याङथाङ र गेजिङ बर्मेकबाट रहेका छन्। सेक्टर म्याजिस्ट्रेट, माइक्रो पर्यवेक्षक, मतदान अधिकृत, पोलिङ एजेन्ट र पुलिस कर्मचारी सम्मिलित तालिम प्राप्त टोलीलाई सोही अनुसार पठाइएको थियो।
जानकारी अनुसार, गेजिङ जिल्लामा दर्ता भएका १७८ घरेलु मतदातामध्ये १ सय ७४ जनाले मतदान गरेका छन् भने २ जना अस्पताल भर्ना भएका छन् र २ जनाको मृत्यु भइसकेको छ। जिल्लामा आम निर्वाचन २०२४ अन्तर्गत दोस्रो चरणको होम भोटिङ समाप्त भएको बताइएको छ।
