इम्फाल, मणिपुर पुलिसले राज्यका विभिन्न जिल्लाहरूका संवेदनशील एवं दुर्गम क्षेत्रहरूमा गहन छापामारी अनि खोजी अभियान संचालन गऱ्यो। अभियान अवधि भारतीय दण्ड संहिताका भिन्न-भिन्न धाराहरूको उल्लंघन गर्ने 247 जना मानिसहरूलाई पुलिस हिरासतमा लिइयो।
पुलिसले आज बतायो, आवश्यक वस्तुहरू सहित राष्ट्रिय राजमार्ग-2 मा 257 वटा वाहनहरूको आवागमन सुनिश्चित गरिएको छ। वाहनहरूको स्वतन्त्र तथा सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले राज्यका सबै संवेदनशील क्षेत्रहरूमा सुरक्षाको कड़ा बन्दोबस्त गरिनका साथै व्यापक मात्रामा सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ। यसको साथै राज्यका पहाड़ी अनि उपत्याका दुवै जिल्लाहरूमा 125 नाका अनि जाँच चौकीहरू स्थापना गरिएको छ।
