– डूकनाथ नेपाल छुजाचेन निर्वाचन क्षेत्रबाट चुनाउ लड्ने
गान्तोक,। भारतीय जनता पार्टी (भाजपा) ले आगामी विधानसभा चुनाउको निम्ति उम्मेदवारहरूको अन्तिम सूची जारी गरेको छ। बुधवार सार्वजनिक गरिएको सूचीमा कूल 9 उम्मेदवारको नाम घोषणा गरिएको छ। यसमा हालैमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी त्यागेर भाजपामा सामेल आएकी नेतृको पनि नाम सामेल छ। यसैगरी, सिक्किमका एक चर्चित राजनीतिज्ञ एवं वरिष्ठ पत्रकार डूकनाथ नेपालको नाम पनि सूचीमा रहेको छ।
भाजपा उम्मेदवारहरूको नाम र उनीहरूका निर्वाचन क्षेत्र यस प्रकार छन्ः
1. गेजिङ बर्मेक- भरत कुमार शर्मा
2. नामथाङ रातेपानी- जनक कुमार गुरूङ
3. तिमी नामफिङ- भूपेन्द्र गिरी
4. राङगाङ याङगाङ- गोपीदास पोख्रेल
5. खामदोङ सिङताम- चेतन सापकोटा
6. रिनाक- प्रेम छेत्री खतिवडा
7. छुजाचेन- डूकनाथ नेपाल
8. नाम्चेबुङ- पूजा शर्मा
9. जङ्घु- फेन्जोङ लेप्चा
