इम्फाल: मणिपुरमा प्रायः दिनहुँजसो नै हतियार अनि गोला-बारूदहरू फेला परिरहेको छ। संयुक्त सुरक्षा बलहरूको अभियानको क्रममा फेरि पनि व्यापक मात्रामा हतियार अनि गोला-बारूद जफत गरिएको छ।
मणिपुर पुलिसले आज जानकारी गराए अनुसार सुरक्षा बलहरूद्वारा हिमाली एवं उपत्याका राज्यका दुवै जिल्लाहरूका सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा खोजी अभियान तथा क्षेत्र प्रभुत्व संचालन गरियो। खोजी अभियानमा चुराचाँदपुर जिल्लाबाट एउटा म्यागजिन सहित एउटा एसएलआर राइफल, 13 गोला-बारूद, म्यागजिनसितै एउटा पेस्तोल (देशमा निर्मित), 10 सिंगल ब्यारल बन्दुक, एउटा चीनी ग्रेनेड, पाँच तात्कालिक भारी मोर्टर, सात तात्कालिक भारी मोर्टर बम जफत गरियो। राज्यभरि नै सुरक्षा बलहरूको छापामारी अभियान संचालन भइरहेको छ।
