कोलकाता: मार्च महिना आरम्भ हुनसाथ पश्चिम बंगालमा लोकसभा चुनाउको प्रचार पनि तीव्र भएको छ। महिनाको पिहलो दिन नै प्रधानमन्त्री नरेन्द्र मोदी बंगालमा आइरहेका छन्। उनको दुई दिन दिनभित्रमा दुईवटा जनसभा आयोजना हुनेछ। यसबीच प्रधानमन्त्रीले राजभवनमा रात्रि विश्राम गर्नेछन्। यद्यपि पश्चिम बंगालका भाजपा नेताहरूले उनलाई भेट गर्नेछन् कि छैनन् यस सम्बन्धमा भने स्पष्ट केही भएको छैन। भनिन्छ, प्रधानमन्त्री शुक्रवार झारखण्डदेखि हवाई मार्ग भएर सोझै हुगली जिल्लाको आरामबाग पुग्नेछन्। प्रधानमन्त्रीको हेलिकप्टर शुक्रवार बिहान अंडाल हवाईअड्डामा अवतरण हुनेछ र त्यहाँदेखि उनी झारखण्डको सिंदरी ह्यालिपेडमा पुग्नेछन्। झारखण्डमा सभा सम्पन्न गरेपछि प्रधानमन्त्रीको लस्कर धनबाद हेलिप्याडमा पुग्नेछ अनि त्यहाँबाट उनको हेलिकप्टर सोझै आरामबाग आइपुग्नेछ।
आरामबागमा आइपुगेपछि सर्वप्रथम प्रधानमन्त्रीले यहाँ एक आधिकारिक समारोहमा भाग लिनेछन्। यस समारोहमा उनले केही परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नेछन्। प्रधानमन्त्रीको यस कार्यक्रमको लागि आधा घण्टाको समय आवन्टन गरिएको छ। त्यसपछि प्रधानमन्त्री मोदी सड़क मार्ग भएर आरामबागको कालीपुर मैदानमा पुग्नेछन् जहाँ उनले जनसभालाई सम्बोधन गर्नेछन्। त्यसपछि कोलकाताको आरसीटीसी हेलिप्याडमा उत्रेर यहीँबाटै प्रधानमन्त्री सड़क मार्ग मार्फत राजभवनमा जानेछन् जहाँ उनले रात्रि विश्राम गर्नेछन्।
दोस्रो दिन उनको कृष्णानगरमा अर्को कार्यक्रम छ। मोदी शनिवार बिहान राजभवनदेखि आरसीटीसी हेलिप्याडमा पुग्नेछन् र त्यहीँबाट उनी हेलिकप्टरमा सवार भई कृष्णानगरमा पुग्नेछन्। यहाँ प्रधानमन्त्रीले आधा घण्टाको आधिकारिक समारोहमा भाग लिनेछन्। यहाँ पनि प्रधानमन्त्रीले केही परियोजनाहरूको शिलान्यास र उद्घाटन गरेपछि जनसभालाई सम्बोधन गर्नेछन्। राजनीतिक ऱ्याली पश्चात मोदी हेलिकप्टरको माध्यमबाट पानागढ़ जानेछन्। त्यहाँबाट उनी विमानमा सवार भई बिहार प्रस्थान गर्नेछन्। त्यसपछि प्रधानमन्त्री आगामी 6 मार्चमा फेरि बंगालमा आउनेछन्। यस दिन उनको बारासातमा सभा आयोजना भइरहेको छ।
