मंगन, फरवरी: मंगन जिल्लास्थित पाक्सेपमा सञ्चालित सन्त जोसेफ विद्यालयमा किशोरीहरूलाई लिएर सन्तुलित भोजन, एनिमिया र मासिक धर्म सम्वन्धि एक सचेतना कार्यक्रम आयोजना गरियो। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य किशोर-किशोरीहरूलाई सन्तुलित आहार कायम राख्ने, रक्तअल्पताबाट बच्न र महिनावारीको समयमा उचित सरसफाइको अभ्यास गर्ने बारे आवश्यक ज्ञानका साथ शिक्षित र सशक्त बनाउनु रहेको थियो। यस कार्यक्रममा किशोरीहरूको संख्या अधिक रहेको थियो।
