खरसाङ, 16 फरवरी : खरसाङमा भारतीय जनता पार्टीको सांगठनिक सभा साथै आगामी लोकसभा चुनाउलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा भाजपा दार्जीलिङ जिल्ला उपाध्यक्ष एलएम लामा र जिल्ला सचिव सोनाम लामाको सञ्चालनमा सम्पन्न भयो।
सभामा खरसाङ विधानसभा क्षेत्र अन्तर्गत पर्ने 15 वटा मण्डलहरूका भाजपा प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभामा पार्टीको सांगठनिक गतिविधिहरू र आगामी लोकसभा चुनाउ विषयमा चर्चा परिचर्चा भयो। सभामा सबैको सुनेपछि जिल्ला उपाध्यक्ष एलएम लामा र जिल्ला सचिव सोनाम लामाले आफ्नो वक्तव्य राखेका थिए।
यस सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै जिल्ला उपाध्यक्ष एलएम लामाले आज खरसाङमा पार्टीको सांगठनिक सभा साथै आगामी लोकसभा चुनाउ विषयमा पार्टीका कार्यकर्ताहरूसित चर्चा परिचर्चा गरिएको बताए। उनले सन्देशखालीमा भएको घटनाको विरोध गर्दै दोषीलाई पक्राउ गरिनु पर्ने माग गरे। उनले महिला मुख्यमन्त्री भएको पश्चिम बंगाल राज्यमा नै महिलाहरूमाथि यत्ति ठूलो अत्याचार भएको आरोप लगाएका छन्।
