– भागेका अन्य साथीहरूको खोजी जारी
बाराबँकी, 12 फरवरी : जिल्लामा एक विवाहिता महिलासित अन्य समुदायका दुईजना युवकहरूले फकाइ-फुस्लाइ घरमा लगेर बन्धक बनाई कैयौं दिनसम्म सामूहिक दुराचार गरे। कसोगरी महिला ती युवकहरूको चंगुलबाट भागेर घरमा पुगी आफ्नी आमालाई सम्पूर्ण घटनाको वृतान्त बताइन्। सूचना पाएर पुलिसले रिपोर्ट दर्ता गरी आरोपीहरूलाई खोजिरहेको छ। यसबीच एक आरोपीलाई पक्राउ गरिएको छ।
थाना कोतवाली क्षेत्रको एक 22 वर्षीय विवाहिता आफ्नो माइतमै बस्दै आइरहेकी थिइन्। गत 4 फरवरीमा महिला सब्जी लिन बजार गएकी थिइन् जहाँबाट दुईजना युवकहरूले तिनलाई फकाएर घरमा बोलाए अनि बन्धक बनाए। त्यसपछि युवकहरूले महिलासित कैयौं दिनसम्म सामूहिक दुष्कर्म गरे। यसबीच महिलालाई आफन्तहरूले सबैतिर खोजे, तर कहीँ पनि सुइँको पाएनन्। गत 10 फरवरीको साँझ महिला कसोगरी बन्धकबाट मुक्त भएर घरमा पुगिन् अनि आफूमाथि भएको सम्पूर्ण घटनाबारे आमालाई बताइन्। दोस्रो दिन आइतवार आमाले पीड़ितालाई लिएर नै पुलिस थानामा पुगी सिकायत दर्ता गराइन्। उक्त सिकायतको आधारमा पुलिसले रिपोर्ट दर्ता गरी आरोपीहरूलाई धरपकड़ गर्नको लागि छापामारी गऱ्यो। आरोपीहरूमध्ये एकजना अनवारूल उपनाम बाबा खाँलाई पक्राउ गरिएको छ भने अर्को आरोपी अरमान भागेका छन्। पुलिसले उसलाई खोजिरहेको छ।
कोतवाल रत्नेश पाण्डेयले बताए, महिलालाई बन्धक बनाएर उसित सामूहिक दुष्कर्म गरिएको मामिला प्रकाशमा आएको छ। पीड़िताको सिकायतमा मुद्दा दर्ता गरी एक आरोपी अनवारूल उपनाम बाबा खाँलाई पक्राउ गरिएको छ र दोस्रो आरोपीको खोजी जारी छ। पीड़ितालाई स्वास्थ्य परीक्षणको लागि पठाइएको छ। यस प्रकरणमा अग्रिम कारबाही भइरहेको छ।
