धुबड़ी (असम), 09 फरवरी : धुबड़ी जिल्लान्तर्गत तामरहाटको ग्राहमपुरमा भएको एक भीषण सड़क दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भयो। निर्माणाधिन नेशनल हाईवे 127 (बी)-मा भएको उक्त सड़क दुर्घटनामा ग्राम रक्षा वाहिनीका सचिवको मृत्यु भयो।
मृतकको पहिचान ग्राहमपुरको ग्राम रक्षा वाहिनीका सचिव सेमियन हेम्ब्रोमको रूपमा भएको छ। पुलिस सूत्रले आज बताएको छ, बितेको राती पेट्रोलिंग गरिरहेका ग्राम रक्षा वाहिनीका सचिवलाई कुनै अज्ञात वाहनले ठक्कर दियो जसमा उनको मृत्यु भयो।
उक्त घटनापछि क्षेत्रमा आज बिहान उत्तेजनापूर्ण स्थिति सृजना भयो। ग्राहमपुर पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो अनि शवलाई उद्धार गरी थानामा लिएर गयो। दुर्घटना राती डम्परको चपेटमा आएको कारणले भएको हुनसक्ने आशंका व्यक्त गरिँदैछ। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी मामिलाको जाँच शुरू गरेको छ।
