नयाँ दिल्ली, 3 फ़रवरी : जाली अधिवास प्रमाणपत्र ऱ्याकेट मामिलामा केन्द्रिय जाँच ब्यूरो (सीबीआई)-ले शनिवार कोलकाता अनि 24 परगना जिल्लाका आठवटा स्थानमा तलासी लियो। सीबीआईले यो कारबाही जाली अधिवास प्रमाण पत्र जारी गर्ने सक्रिय गिरोहको विरोधमा गरेको हो। जाली अधिवास प्रमाण पत्रको प्रयोग सेना र अर्द्धसैनिक बलहरूमा भर्ती हुनको लागि गरिँदै आएको थियो।
सीबीआईको यो कारबाहीलाई कलकत्ता हाई कोर्टको गत बुधवारको त्यो आदेशसित जोड़ेर हेरिँदैछ जसमा हाई कोर्टले सीबीआईलाई भारतीय सेना अनि केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ)-मा अनियमित भर्ती गरिएको आरोपहरूको जाँच शुरू गर्ने आदेश दिएको थियो। मामिलाको सुनवाई गर्दै जस्टिस जयसेन गुप्तले सीबीआईलाई तत्काल एफआईआर दर्ता गरी आरोपहरूको जाँच गर्ने आदेश दिएका थिए। सिकायतपछि सीबीआईले मामिला दर्ता गरी कारबाही शुरू गरेको छ। हुगली जिल्ला निवासी एक याचिकाकर्ताले यस मामिलामा कलकत्ता हाई कोर्टका मुख्य न्यायधीशलाई सम्बोधित एउटा पत्र लेखेका थिए।
