जोरहाट (असम), 31 जनवरी : प्रदेश कंग्रेस अध्यक्ष भूपेन बोरालाई पक्राउ गरिनसक्छ। बोरा आज थानामा पेश हुनेछन्। यसबीच अध्यक्ष बोराले सार्वजनिक रूपमा घोषणा गरेका छन्, उनले अग्रिम जमानत लिनेछन् र सरकार समक्ष झुक्ने छैनन्। उनले यस्तो कुनै अपराध गरेका छैनन्।
जोरहाट पुलिसले गएको साता राहुल गान्धीको ”भारत जोड़ो न्याय यात्रा” अवधि बोराविरूद्ध दुईवटा गैर-जमानती धाराहरू समेत मोठ आठवटा धाराहरू अन्तर्गत मामिला दर्ता गरेको छ। तदानुसार प्रदेश कंग्रेस अध्यक्षको आज जोरहाट थानामा पेशी छ।
यसैबीच भूपेन बोराले आज कंग्रेस कार्यकर्ताहरूसित अपील गरेका छन्, यदि उनलाई आज पक्राउ गरियो भने पार्टीका प्रत्येक नेता अनि कार्यकर्ता भक्ति, इमानदार, अहिंसा एवं लोकतान्त्रिक मूल्यहरूलाई ध्यानमा राखेर आगामी लोकसभा चुनाउ सम्बन्धि गतिविधिहरूसित जोड़िइनेछन्।
भूपेन बोराले भने, उनीमाथि जुन धाराहरू लगाइएको छ त्यो हत्यासित सम्बन्धित छ। उनले कसैको हत्या गरेका छैनन्, यसैले उनी डराउनुपर्ने कुनै आवश्यक्ता छैन। उनले मीडियासित बातचित गर्दै आरोप लगाए, सरकारले सत्ताको दुरूपयोग गर्दै राजनीतिक प्रतिशोध लिरहेको छ। निश्चय पनि जनताले यसको जवाफ दिनेछन्। उनले भने, यदि उनलाई पक्राउ गरियो भने जोरहाट जेलको एक विशेष इतिहास हुनेछ। यसै जेलमा कुशल कोँवरलाई पनि राखिएको थियो।
