कोलकाता, 31 जनवरी : महानगर कोलकाता लगायत राज्यका अन्य भागहरूमा हाल मौसमले आफ्नो स्वरूप फेरेको छ। बितेको 24 घण्टाको अवधिमा तापमानमा न्यूनतम 5 डिग्री सेल्सियस वृद्धि आएको छ। अलिपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयद्वारा जारी बयानमा बताइएको छ, कोलकातामा न्यूनतम तापमान 20.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभन्दा 5 डिग्री अधिक हो। यसरी नै अधिकतम तापमान 26.9 डिग्री सेल्सियस छ जुन सामान्यभन्दा एक डिग्री बढ़ी हो। कोलकाता अतिरिक्त हावड़ा, हुगली, उत्तर औ दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, पुरूलिया, बाँकुड़ा, मालदा, मुर्शिदाबादका क्षेत्रहरूमा न्यूनतम तापमान 12 -13 डिग्री सेल्सियस थियो भने अहिले त्यो बढ़ेर लगभग 20 डिग्री सेल्सियस पुगेको छ। उत्तर बंगालका अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ र कालेबुङको तापमानमा पनि सामान्य वृद्धि दर्ता गरिएको छ। आगामी 24 देखि 48 घण्टाभित्रमा राज्यका लगभग हरेक भागमा वर्षा हुने सम्भावना छ, त्यसपछि मात्र घना कुहिरो र जाड़ोदेखि राहत पाइनेछ।
