कोलकाता, 22 जनवरी (हि.स.)। एकतिर अयोध्यामा सयौं वर्षको प्रतीक्षापछि राम मन्दिरमा रामललाको प्राण प्रतिष्ठा भइरहेको छ भने अर्कोतिर पश्चिम बंगालमा आजको दिन मौसमकै सबैभन्दा शीतल दिन बनेको छ। तापक्रममा 24 घण्टाभित्र छ डिग्री सेल्सियसको ह्रास रेकर्ड गरिएको छ।
मौसम विभागले सोमवार जारी गरेको बयान अनुसार, राजधानी कोलकातामा न्यूनतम तापक्रम 12.1 डिग्री सेल्सियस रेडर्क गरिएको छ जुन सामान्यभन्दा दुई डिग्री कम हो। आज यो मौसमको सबैभन्दा कम तापक्रम हो। अधिकतम तापक्रम पनि सामान्यभन्दा छ डिग्री मुनि 19.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ।
कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा दक्षिण बंगालमा न्यूनतम तापक्रम नौ डिग्री सेल्सियस छेउ छ, जस कारण कठ्याङग्रिने जाडो बढेको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइढी, दार्जीलिङ र कालेबुङमा पनि तापक्रम आठदेखि 18 डिग्री सेल्सियसबिच छ।
हिन्दुस्थान समाचार
