
– उड़ानमा विलम्बदेखि रूष्ट इण्डिगो पायलटमा आक्रमण गर्ने यात्रीविरूद्ध सिकायत दर्ता
नयाँ दिल्ली, 15 जनवरी (हि.स.)। सोमवार बिहान प्रतिकूल मौसमको कारणले राजधानी दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय हवाईअड्डा (आईजीआई)-मा आउने पाँचवटा विमानको मार्ग परिवर्तन गरिएको छ। यसबीच हिजो उड़ानमा विलम्ब हुने घोषणा गरिरहेका इण्डिगोका पायलटमाथि आक्रमण गर्ने यात्रीमाथि मुद्दा दर्ता गर्ने प्रक्रिया चलिरहेको छ।
आधिकारिक सूत्रले बताए अनुसार खराब मौसमको कारणले दिल्लीको आईजीआई एयरपोर्टका पाँचवटा विमानको रूट परिवर्तन गरिएको छ। यी विमानहरूको गए अबेर राती एक बजेदेखि भोर बिहान पाँच बजेबीच मार्ग परिवर्तन गरियो जसमा चारवटा उड़ानलाई जयपुर पठाइएको छ भने एउटालाई अहमदाबाद पठाइएको छ। आईजीआई एयरपोर्टमा गए आइतवार साँझ उड़ानमा विलम्ब हुने घोषणा गरिरहेका इण्डिगाोका पायलटमाथि एकजना यात्रीले कथित आक्रमण गरिरहेको भीडियो सोशल मीडियामा अघि आएको छ।
जानकारी अनुसार उक्त घटनामा सामेल यात्रीविरूद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया चलिरहेको छ। दिल्ली आईजीआई हवाईअड्डामा घना कुहिरोको कारणले हिजो दशवटा उड़ानको मार्ग परिवर्तन गरिएको थियो भने लगभग सयवटा उड़ानमा विलम्ब भएको थियो। यस अतिरिक्त केही उड़ानहरूलाई रद्द गरिएको थियो।
हिन्दुस्थान समाचार/उष्णता
