मिरिक, 27 दिसम्बर (हि.स.)। मिरिक लुविस अंग्रेजी स्कूलका दुई विद्यार्थीहरू अतुल्य प्रधान र मन्जुश्री तामाङ ओडिशा राज्यकाे भुवनेश्वरमा भएकाे राष्ट्रिय स्तरकाे भलिबल प्रतियोगितामा सहभागिता जनाएर आज मिरिक फर्किएका छन्। उनीहरूलाई आज मिरिकमा खेल प्रेमीहरूले स्वागत जनाएका थिए।
अतुल्य प्रधान लुविस अंग्रेजी स्कूल भलिबल दलका कप्तान हुन् भने मन्जुश्री तामाङ दक्ष खेलाडी हुन्। मिरिक आएपछि दुवै खेलाडीले राष्ट्रिय स्तरमा भलिबल खेल्न पाउनु अति खुशी लागे पनि धेरै अनुभवकाे कमी महसुस गरेकाे बताएका छन्। उनीहरूले काेच आनन्द जाेहाेनप्रति आभार प्रकट गर्दै लुविस अंग्रेजी स्कूलका शिक्षकहरू र अभिभावकहरू उनीहरूका प्रेरणाकाे स्राेत बताएका छन्।
अतुल्य प्रधानका पिता अजम प्रधानले अक्टाेबर महिनामा लुविस अंग्रेजी स्कूलका महिला भलीबल टाेली तामिलनाडुमा भएकाे भलिबल प्रतियोगितामा भाग लिन पुगेकाे जहाँ दुईजना राष्ट्रिय स्तरकाे प्रतियोगितामा भाग लिनकाे लागि छनौट भएपछि नै उनीहरूले भुवनेश्वरमा खेल्ने अवसर पाएका बताए। छाेरीहरूकाे याे उपलब्धिप्रति धेरै खुशी लागेकाे पनि उनले बताए।
हिन्दुस्थान समाचार/हनोक
