कोलकाता, 25 दिसम्बर (हि.स.)। भारतरत्न पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको 99औं जयन्तीमा बंगाल भाजपाका नेताहरूले उनलाई श्रद्धाञ्जली दिएका छऩ्। प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदारले बाजपेयीको एउटा भीडियो साझा गरेका छन्, जसमा उनले भारतको आफ्नो सपनाहरूबारे कुरा गरिरहेका छन्।
मजूमदारले माइक्रो ब्लगिङ साइट एक्समा साझा गरिएको यस भीडियोको साथमा लेखे, आउनुहोस् आज अटल बिहारी वाजपेयीको जन्मदिनमा हामी उनको सपनालाई साकार गर्न मिलेर काम गर्ने संकल्प लिऔं। मसित भारतको एक सपना छ। एक यस्तो भारत जुन भोक र भयदेखि मुक्त होस्। एक यस्तो भारत जुन अशिक्षा र अभावदेखि मुक्त होस्।
नेता प्रतिपक्ष एवं भाजपा विधायक शुभेन्दु अधिकारीले पनि अटल बिहारी वाजपेयीलाई श्रद्धाञ्जली दिएका छन्। उनले भने, म भारतका पूर्व प्रधानमन्त्री भारतरत्न अटल बिहारी वाजपेयीलाई आफ्नो श्रद्धाञ्जली अर्पित गर्दछु। उनको जयन्तीमा म भन्न चाहन्छु कि उनी एक सर्वोत्कृष्ट राजनेता थिए, जसको राजनीतिक वक्तव्य शानदार हुनेगर्थ्यो। उनी उच्च दर्जाको कवि र अनुकरणीय सासंद रहे। राष्ट्र निर्माणमा उनको भूमिका भावी पीढ़ीहरूलाई प्रेरित गर्नेछ।
हिन्दुस्थान समाचार/भवानी
