
पुँछ, 23 दिसम्बर (हि.स.)। पुँछ औ राजौरी जिल्लामा खोजी अभियान अन्तर्गत शनिवार बिहान मोबाइल इन्टरनेट सेवा निलम्बित गरियो। सुरक्षाबलहरूले पुँछमा गत 21 दिसम्बरको दिन सेनाका दुईवटा वाहनहरूमाथि घात लगाएर आक्रमण गरी चारजना जवानहरूको ज्यान लिने आतङ्कवादीहरूको धरपकड़को निम्ति व्यापक खोजी अभियान सञ्चालन गरिरहेका छन्।
आधिकारिक सूत्र अनुसार अफवाह फैलाउने तथा कुतत्वहरूलाई कानून-व्यवस्था सम्बन्धी समस्या उत्पन्न गराउनदेखि रोक्नको लागि सतर्कतास्वरूप पुँछ अनि राजौरीमा मोबाइल इन्टरनेट सेवा निलम्बित गरिएको छ।
हिन्दुस्थान समाचार/उष्णता
