गुवाहाटी, 21 दिसम्बर (हि.स.)। जाडोको मौसममा यात्रीहरूको अतिरिक्त भीडलाई नियन्त्रित गर्न कोलकाता र न्यू कोचबिहारबिच एक ट्रिपको निम्ति दुवै दिशाबाट शीलकालीन स्पेशल ट्रेन परिचालन गर्ने निर्णय लिइएको छ। पूर्वोत्तर सीमा रेलवेका मुख्य जन सम्पर्क अधिकारी सब्यसाची डेले आज भने, यो ट्रेन कोलकाताबाट 22 दिसम्बरमा र न्यू कोचबिहारबाट 24 दिसम्बरमा प्रस्थान गर्नेछ।
22 दिसम्बरमा स्पेशल ट्रेन संख्या 03141 (कोलकाता-न्यू कोचबिहार) कोलकाताबाट 23:40 बजी प्रस्थान गरेर 23 दिसम्बरमा न्यू कोचबिहार 12:30 बजी पुग्नेछ। यसरी नै 24 दिसम्बरमा स्पेशल ट्रेन संख्या 03142 (न्यू कोचबिहार-कोलकाता) न्यू कूचबिहारबाट 05:00 बजी प्रस्थान गरेर त्यसै दिन कोलकाता 22:40 बजरी पुग्नेछ। यो विशेष ट्रेन दुवै दिशाको यात्रा अवधि धुपगुड़ी, न्यू जलपाईगढी, किशनगंज, मालदा टाउन, आजिमगंज, बेण्डेल आदि रेलवे स्टेशन भएर चल्ने छ।
हिन्दुस्थान समाचार
