गान्तोक, 13 दिसम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टी अध्यक्ष पवन चामलिङले बुधवार बिहान राजधानीमा परमपावन 14औं दलाई लामासॅंग भेट गरेर आशीर्वाद लिए। उनको साथमा पार्टीका वरिष्ठ नेताहरू र कार्यकर्ताहरू पनि सामेल थिए।
एसडीएफ अध्यक्ष चामलिङले विशेष रूपमा राज्यमा प्रकोपको लहरपछि परमपावन दलाई लामालाई सिक्किम भ्रमण र राज्यवासीहरूलाई आशीर्वादको निम्ति धन्यवाद दिए। उनले निरन्तर आशीर्वादको निम्ति अनुरोध गर्दै उनको सुस्वास्थ्यको कामना गरे।
उनले परमपावनसॅंग 27 वर्षअघि पहिलोपल्ट भेट भएको अवगत गराए। त्यसपछि, परमपावन धेरैपल्ट सिक्किम भ्रमणमा आएको र 2013 मा राभाङ्गलाको तथागत सल समर्पण गर्न सिक्किम आएको उनले बताए।
परमपावन दलाई लामाले सिक्किम जस्ता ठाउॅंहरूको भ्रमण गर्न रूचाउने गरेको बताए, जहॉं धेरै संख्यामा उनलाई विश्वास अनि प्रेम गर्छन्।
हिन्दुस्थान समाचार/बिशाल
