नयाँ दिल्ली, 12 दिसम्बर (हि.स.)। भारतले दक्षिण अमेरिकी देश भेनेजुएला र गुयानाबीच सैन्य सङ्घर्षतर्फ गइरहेको सीमा विवादलाई नियालिरहेको छ। विदेश मन्त्रालयले आज बताए अनुसार हाम्रो मान्यतामा यस मुद्दालाई शान्तिपूर्वक हल गरिनुपर्छ अनि तनाउपूर्ण कदमहरूदेखि बच्नुपर्छ।
विदेश मन्त्रालयद्वारा जारी एक बयानमा तनाउ कम गर्नको लागि हालैमा उठाइएका क्षेत्रीय राजनयिक पहलहरूलाई स्वागत गरिएको छ। मन्त्रालयको भनाइ छ, यस मामिलामाथि पहिलाबाटै अन्तरराष्ट्रिय न्यायालयद्वारा विचार गरिँदैछ।
गुयानामा छूलो संख्यामा भारतीय मूलका मानिसहरू बसोबास गर्दछन्। भारत र गुयानाबीच गाढ़ा सम्बन्ध रहिआएको छ। यस दृष्टिले पनि त्यहाँको घटनाक्रम भारतको लागि चिन्ताजनक विषय हो।
विवादको जड़ गुयानाको घना जङ्गलयुक्त एस्सेक्विबो क्षेत्र हो जसलाई भेनेजुएलाले आफ्नो क्षेत्र बताउँछ। भेनेजुएलाको दाबी छ, गुयानाको दुई-तिहाई भाग उसको हो। यसको लागि त्यहाँ जनमत गराइएको छ। भेनेजुएला सरकारको दाबी छ, जनमतमा 95 प्रतिशत मानिसहरूले यस दाबीलाई समर्थन गर्दै कारबाहीलाई समर्थन गरेका छन्।
विवादको वर्तमान कारण एस्सेक्विबो क्षेत्रसित सम्बन्धित महासागरीय क्षेत्र पनि हो जसमा केही वर्षअघि तेलको भण्डार पाइएको छ। यसले गर्दा पछिल्लो केही वर्षभित्रमा गुयानाको आर्थिक प्रगति भएको छ। क्षेत्रमाथि दाबीसितै भेनेजुएलालाई यी तेल क्षेत्रमाथि पनि अधिकार प्राप्त हुनेछ।
हिन्दुस्थान समाचार/उष्णता
