गुवाहाटी, 11 दिसम्बर (हि.स.)। लोकप्रिय गोपीनाथ बरदलै अन्तरराष्ट्रिय हवाई अड्डामा कम दृश्यताको कारण विमानहरूको आवाजाही प्रभावित भएको छ, जसबाट यात्री टर्मिनलमा भीड़ लागेको छ।
हवाई अड्डा प्राधिकऱणले एक परामर्श जारी गरी यात्रीहरूलाई हवाई अड्डामा पुग्नअघि प्रस्थानको समयको जाँच गर्नका लागि आफ्नो एयरलाइनहरूसित सम्पर्क गर्नलाई भनेको छ।
खबरहरू अनुसार, कम दृश्यताको कारण गुवाहाटी हवाईअड्डामा उड़ानहरू ढिलो उड़िरहेका छन्।
हिन्दुस्थान समाचार/भवानी
