
बरेली (उत्तर प्रदेश), 10 दिसम्बर (हि.स.)। बरेली-नैनीताल हाइवेमा आधारातपछि भयानक सड़क दुर्घटना भयो। यहाँको भोजपुरी थानादेखि केही टाड़ा डम्परसित ठोक्किएपछि एउटा कारमा आगो लाग्यो। क्षणभरमै कारमा सवार सबै आठजना जन्तीहरूको जलेर मृत्यु भयो। सीओ चमन सिंह चावड़ाले उक्त घटनामा आठजना मानिसहरूको मृत्यु भएको पुष्टि गरेका छन्।
पुलिस अनुसार कारमा सवार मानिसहरू बरेली शहरमा आयोजित विवाह समारोहमा सामेल भएर बहेड़ी फर्किरहेका थिए। फायर ब्रिगेडले आगो निभाएर शवहरूलाई बाहिर निकाल्यो। डम्परसित ठोक्किएपछि कारमा आगलागी भयो। सम्भवतः यसले गर्दा कारको सेन्ट्रल लक फस्यो होला। डम्परमा फसेको कार दनदनी बलिरह्यो। कसैले पनि बाहिर निक्लिने मौका पाएन। कारभित्र जन्तीहरू जिन्दगीको लागि छटपटिरहे। आगो बलिसकेपछि आठजनाको जिन्दगी खरानीमा परिणत भएको पाइयो।
पुलिसको भनाइ छ, कारको गति यसबाट लगाउन सकिन्छ कि कार लगभग पाँच फुट अग्लो डिभाइडरमा चढ़ेर विपरीत दिशाबाट आइरहेको डम्परमा पस्यो। डम्परको गति पनि लगभग त्यति नै तीव्र थियो होला। डम्परले तानेर कारलाई 25 मीटर परसम्म पुऱ्यायो। कारमा सवार अधिकांश मानिसहरूले न्यानो कपड़ा लगाएका थिए जसले गर्दा आगोले उनीहरूलाई चाँड़ै आफ्नो चपेटमा लियो। दमकलले लगभग 45 मिनटपछि आगोलाई नियन्त्रित गऱ्यो। त्यसबेलासम्ममा सबैको मृत्यु भइसकेको थियो। कारबाट शवहरूलाई कारबाट निकाल्न गाह्रो भइरहेको थियो। लगभग राती एक बजे शवहरूलाई बाहिर निकालियो। अधिकांश शव जलेर खरानीमा परिणत भइसकेको थियो। त्यसबाट केही टुक्राहरू मात्र बाहिर निकालियो।
हिन्दुस्थान समाचार/उष्णता
