नयाँ दिल्ली, 04 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले तीनवटा राज्यहरूको विधानसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा)-ले हासिल गरेको प्रचण्ड जितप्रति खुसीव्यक्त गर्दै भने, देशले नकारात्मकतालाई अस्वीकार गरेको छ। उनले भने, जब सुशासन हुन्छ तब सत्ता विरोधी लहर शब्द अप्रासङ्गिक हुन्छ।
प्रधानमन्त्री मोदीले सोमवार संसदको शीतकालीन सत्रपूर्व मीडियासितको चर्चामा भने, यदि मैले वर्तमान चुनाउ परिणामहरूको आधारमा भन्नु हो भने यो विपक्षमा बसेका साथीहरूको लागि सुनौलो अवसर हो। यस सत्रमा पराजयको आक्रोश निकाल्ने योजना बनाउनको सट्टा यस पराजयबाट सिकेर पछिल्लो नौ वर्षको अऩ्तरालमा अप्नाइएको नकारात्मकताको प्रवृत्तिलाई त्यागेर यस सत्रमा यदि सकारात्मकतापूर्वक अघि बढ़्यो भने देशले उनीहरूलाई हेर्ने दृष्टिकोण फेरिनेछ।
उनले भने, हिजो चारवटा राज्यहरूको चुनाउ परिणाम सार्वजनिक भयो। अत्यन्त उत्साहवर्धक परिणाम आएको छ। यो उनको लागि उत्साहवर्धक छ जुन देशको सामान्य मानव कल्याणको लागि, देशको उज्जवल भविष्यको लागि समर्पित छ। उनले भने, सबै समाज अनि सबै समूहका महिला, युवा, हरेक समुदाय, किसान एवं देशका गरीबहरूको सशक्तिकरण तथा भविष्यलाई सुनिश्चित गर्ने ठोस योजना अनि अन्तिम व्यक्तिसम्म पहुँचको निम्ति जसले काम गर्छ उसलाई पूर्ण समर्थन प्राप्त हुन्छ।
प्रधानमन्त्रीले भने, यति राम्रो जनादेशपछि आज हामी संसदको यस नयाँ मन्दिरमा भेट भइरहेका छौं। यस नयाँ परिसरको उद्घाटन हुँदा एउटा सानो सत्र राखिएको थियो जसमा ऐतिहासिक निर्णय लिइएको थियो। तर यसपालि लामो समयसम्म यस सदनमा कार्य गर्ने अवसर पाइनेछ। मोदीले भने, देशले नकारात्मकतालाई अस्वीकार गरेको छ। सत्रको प्रारम्भमा विपक्षका साथीहरूसित हाम्रो विचार-विमर्श हुन्छ, सबैसित सहयोगको लागि हामी सदैव आग्रह गर्दछौं। यसपालि पनि सबै प्रक्रिया पूरा गरिनेछ।
प्रधानमन्त्रीले भने, लोकतन्त्रको यो मन्दिर जन आकाङ्क्षाहरूको लागि, विकसित भारतको आधारलाई अधिक सशक्त बनाउनको लागि अत्यन्त महत्वपूर्ण मञ्च हो। मेरो सबैसित आग्रह छ कि सबैले नै अधिकभन्दा अधिक तयारी गरेर आउनुहोस् अऩि सदनमा जुन पनि बिल राखिनेछ त्यसमाथि गहन चर्चा होस्।
हिन्दुस्थान समाचार/उष्णता
