
नयाँ दिल्ली, 04 दिसम्बर (हि.स.)। अमेरिकाको प्रमुख समाचार पत्र ‘द न्यूयर्क टाइम्स’ –ले आफ्नो विश्लेषणमा मध्यप्रदेश, छत्तीसगढ़ अऩि राजस्थान विधानसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा)-को जितको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीलाई हीरो बताएको छ। समाचार पत्रको भनाइ छ, पाँच राज्यहरूमा सम्पन्न चुनाउलाई भाजपाको लागि ठूलो परीक्षाको रूपमा हेरियो। परिणामबाट स्पष्ट हुन्छ कि भाजपाले एक प्रमुख जनसंख्या भएको क्षेत्रमा आफ्नो प्रभुत्व बढ़ाएको छ।
द न्यूयर्क टाइम्सको भनाइ छ, चुनाउ परिणाम मुख्य विपक्षी दल भारतीय राष्ट्रिय कङ्ग्रेसको लागि अर्को झट्का हो। कङ्ग्रेस मध्यप्रदेश, छत्तीसगढ़ र राजस्थानमा मोदीको भाजपाबाट परास्त भएको छ। यसले तेलङ्गानामा मात्र एउटा सानो क्षेत्रीय पार्टीविरूद्ध जित हासिल गरेको छ। अमेरिकी समाचार पत्रको दृष्टिकोण अनुसार भारतमा आगामी वसन्तमा हुने आम चुनाउपूर्व प्रधानमन्त्री मोदी अझ सशक्त स्थितिमा पुगेका छन्।
आगामी जनवरी महिनामा उत्तरी राज्य उत्तर प्रदेशको अयोध्यामा हुन गइरहेको मन्दिर उद्घाटन पश्चात प्रधानमन्त्री मोदीको प्रभुत्व अझ बढ़्ने अनुमान उक्त समाचार पत्रले लगाएको छ।
हिन्दुस्थान समाचार/उष्णता
