
जयपुर, 02 दिसम्बर (हि.स.)। केन्द्रिय सूचना औ प्रसारणमन्त्री अनुराग ठाकुरले भनेका छन्, राजस्थानमा भारतीय जनता पार्टी (भाजपा)- को सरकार गठन हुनेछ। राज्यका मानिसहरूले काङ्ग्रेसको कुशासनबाट मुक्ति पाउनेछन्। उनले यहाँको एयरपोर्टमा मीडियासितको चर्चामा उपरोक्त मन्तव्य व्यक्त गरे। ठाकुर शनिवार राजस्थानको एक दिवसीय दौड़ाहमा यहाँ आइपुगेका छन्। उनी जयपुर एयरपोर्टमा आइपुगेपछि सड़क मार्ग भएर अजमेर तर्फ प्रस्थान भए। उनी मेयो कलेजको स्पोर्टस डे इनोग्रेशनमा सामेल हुनका लागि यहाँ आएका हुन्।
केन्द्रियमन्त्री ठाकुरले भने, कङ्ग्रेस पूर्णरूपले नाङ्गिसकेको। भोलि परिणाम आउन मात्र बाँकी छ। मतदाताहरूले कङ्ग्रेस सरकारको कुशासनलाई ध्वस्त बनाएको कुरा मतगणनाबा स्पष्ट हुनेछ। अब जनताको प्रतीक्षाको घड़ी समाप्त भइरहेको छ र प्रदेशवासीहरूलाई गहलोत सरकारको कुशासनबाट मुक्ति मिल्नेछ। जनताले कमल फुलाउनका लागि भाजपालाई आशीर्वाद दिएका छन्। जनताले अब एक दिन मात्र प्रतीक्षा गर्नुपर्नेछ। त्यसपछि उनीहरूले गहलोत सरकारको कुशासनदेखि मुक्ति पाउनेछन्।
ठाकुरले भने, दाबी र झूटो वाचा कङ्ग्रेसको पुरानो आदत हो। पांच वर्ष अगाड़ि राहुल गान्धीले राजस्थानका जनतासित ठूलो-ठूलो वाचा गरेका थिए, तर त्यो केवल वाचाहरूमा मात्र समेटिन पुग्यो। कङ्ग्रेसको सबै वाचा खोक्रो साबित हुन्छ। कङ्ग्रेस राजस्थान सहित पाँचैवटा राज्यमा नाङ्गिसकेको छ। जनताले चुनउमा कङ्ग्रेसको कुशासनको विरोधमा भोट दिएका छन्। कङ्ग्रेसको करेन्ट पूर्ण रूपले सिद्धिसकेको छ।
हिन्दुस्थान समाचार/उष्णता
