नयाँ दिल्ली, 02 दिसम्बर (हि.स.)। सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्ष आधारित वेधशाला आदित्य-एल1 को सौर पवन कण प्रयोग पेलोडको दोस्रो उपकरणले काम गर्न शुरू गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)-ले शनिवार बिहान सोशल मीडिया प्लेटफर्ममा सो जानकारी साझा गरेको छ।
यसमा भनिएको छ, सौर पवन आयन स्पेक्ट्रोमीटर (एसडब्ल्यूआईएस), सौर पवन कण प्रयोग (एएसपीईएक्स) पेलोडमा जड़ान गरिएको दोस्रो उपकरण अब चल्न थालेको छ। बितेको दुई दिनमा हिस्टोग्राम एसडब्ल्यूआईएसद्वारा क्याप्चर गरिएको प्रोटोन र अल्फा कणले गणनामा उर्जा भिन्नतालाई दर्शाउँछ।
इसरोका अध्यक्ष एस सोमनाथले हालैमा भनेका थिए, सूर्यको अध्ययन गर्नेसित सम्बन्धित भारतको पहिलो अन्तरिक्ष मिशन अन्तर्गत प्रक्षेपित ‘आदित्य एल1′ अन्तरिक्ष यान आफ्नो अन्तिम चरणको नजिकमा छ अनि एल1 बिन्दुमा प्रवेश गर्ने प्रक्रिया आगामी 7 जनवरी, 2024 सम्ममा पूरा हुने आशा छ। अन्तरिक्ष यानले 125 दिनमा पृथ्वीदेखि लगभग 15 लाख किलोमीटरको यात्रा गरेपछि ल्याग्रेङ्जियन बिन्दु ‘एल1’ वरपर एक प्रभामण्डल कक्षामा स्थापित हुनेछ।
हिन्दुस्थान समाचार/उष्णता
