मुम्बई, 30 नोभेम्बर (हि.स.)। आयकर विभाग (आईटी)- को टीमले बिहीवार बिहान छत्रपति सम्भाजीनगरमा नामचिन 11 जना बिल्डरहरूको आवास अनि कार्यालयहरूमा एकसाथ छापा माऱ्यो। यस अभियानमा आईटीका 200 अधिकारी एवं कर्मचारीहरू सामेल छन्। आईटी अधिकारीहरूले शहरका प्रख्यात बिल्डरहरूको वित्तीय अनियमितता तथा करचोरी मामिलामा जाँच गरिरहेका छन्।
जानकारी अनुसार आज बिहान लगभग 6 बजेदेखि नै आईटी विभागका अधिकारीहरूले टीम बनाएर शहरका बिल्डरहरूको ठेगानामा छापामारी गरिरहेको छ। आईटी विभागले यस छापामारीलाई अत्यन्त गोपनीय राखेको छ भने सुरक्षाको निम्ति व्यापक मात्रामा पुलिस जवानहरूलाई तैनाथ गरिएको छ। भनिन्छ यो कारबाही आगामी दुई-तीन दिनसम्म यथावत रहनेछ। यो समाचार लेखुञ्जेलसम्म आईटी टीमद्वारा कुनै प्रकारको आधिकारिक जानकारी गराइएको थिएन।
हिन्दुस्थान समाचार/उष्णता
