
कोलकाता, 28 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा बिस्तारै सर्दी बढ्नु शुरू भएको छ। अलीपुर स्थित मौसम विभागको क्षेत्रीय मुख्यालयको तर्फबाट मंगलवार जारी बयान अनुसार, राजधानी कोलकातामा न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस छ, जुन सामान्यभन्दा दुई डिग्री धेरै छ। अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस पुगेको छ। गत हप्ता बिहिवार अधिकतम तापक्रम लगभग 27 डिग्री र न्यूनतम तापक्रम लगभग 18 डिग्री थियो।
तरैपनि जहाँ एकातिर तापक्रम बढ़िरहेछ, अर्कोतिर साझँदेखि लिएर बिहान हुँञ्जेलसम्म चिसो बढ़िरहेछ। कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत अन्य जिल्लाहरूमा पनि तापक्रममा उतार-चढ़ाउको क्रम जारी छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढ़ी, दार्जीलिङ र कालेबुङमा पहिलेभन्दा धेरै चिसो ब़ढ़ेको छ।
हिन्दुस्थान समाचार/भवानी
