कोलकाता, 20 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा छठ पूजाको चाड समापनसॅंगै जाडो शुरू भएको छ। मौसम विभागले सोमवार जारी गरेको बयान अनुसार, राजधानी कोलकातामा न्यूनतम तापक्रम 20.8 डिग्री सेल्सियस र अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस पुगेको छ।
बिस्तारै जाडो बढ्न थालेको छ भने मानिसहरू तातो लुगा लगाएर हिड्न थालेका छन्। कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा राज्यका अन्य ठाउॅंहरूमा पनि जाडो शुरू भएको छ।
मौसम विभाग अनुसार, यो हप्ता तापक्रममा अझ ह्रास दर्ता गरिने छ। यसपछि बिस्तारै दिसम्बर महिनासम्म जाडो निकै बढ्नेछ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा अगावै जाडो शुरू भइसकेको छ। पहाड़ी क्षेत्रका कारण उत्तर बंगालका अधिकांश ठाउॅंमा निकै जाडो महसुस हुन थालेको छ।
हिन्दुस्थान समाचार/भवानी
