किशनगंज, 15 नोभेम्बर : स्वर्णजीत शर्मा, कमान्डेन्ट, 19औं वाहिनीको दिशा निर्देशन एवं गुप्त सूचनाको आधारमा डी- समवाय नोडूब्बाको एसएसबी जवानहरूले सहायक उप निरीक्षक, गुरसेवक सिंहको अगुवाईमा ठाकुरगंज थानाको साथमा विशेष पेट्रोलिङ अवधि भारत-नेपाल सीमा स्तम्भ संख्या 110 बाट लगभग 8 किलोमिटर महानन्दा ब्रिज छेउ एउटा मोटर साइकलबाट 32.40 ग्राम सम्भावित ब्राउन शुगरसहित दुई तस्करलाई पक्राउ गरेको छ।
पक्रा पर्ने आरोपित व्यक्तिको नाम साहिल आलम र मेयोङ सुब्बा बताइएको छ। उनीहरूले ब्राउन शुगर भारतबाट नेपाल लिएर गइरहेका थिए। आरोपित व्यक्तिहरूलाई ब्राउन शुगरको साथमा ठाकुरगंज पुलिसलाई सुम्पिएको छ।
