कोलकाता, 27 फरवरी: पश्चिम बंगालको राजधानी कोलकाता समेत राज्यका अन्य भागहरूमा बितेको दुई दिनसम्म भएको सामान्य वर्षापछि चिसो सामान्य रूपमा बढ़ेको छ।
अलिपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्लायद्वारा जारी बयानमा बताइएको छ, मंगलवार राजधानी कोलकाताको न्यूनतम तापमान 19.5 डिग्री सेल्सियसभन्दा तल झरेको थियो भने अधिकतम तापमान 28.4 डिग्री सेल्सियस दर्ता गरिएको छ। यो सामान्यभन्दा 3 डिग्री सेल्सियस कम हो। पार्वतीय क्षेत्रहरूमा हिमपात भएको कारणले मैदानी भागहरूमा सिरेटो चलिरहेको छ जसले गर्दा चिसो महसूस भइरहेको छ।
कोलकाता अतिरिक्त हावड़ा, हुगली, उत्तर औ दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, पुरूलिया, बाँकुड़ा सहित राज्यका अन्य भागहरूमा पनि तापमान 18 देखि 28 डिग्री सेल्सियसबीच कायम छ। यद्यपि जाड़ोको अनुभूति रातको समयमा मात्र भइरहेको छ। फरवरी महिनाभरि यस्तै मौसम रहने सम्भावना छ। उत्तर बंगालका अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ औ कालेबुङमा पनि यस्तै मौसम छ।
