
नयॉं दिल्ली, 13 नोभेम्बर (हि.स.)। राष्ट्रिय राजधानी दिल्ली-एनसीआरमा पॉंच दिनअघि बिहिवार पानी परेपछि हावामा केही सुधार आएको थियो भने सोमवार बिहान फेरि खराब भएको छ। तिहारको खुशीमा डूबेका मानिसहरूले पटेकामाथि सुप्रीम कोर्टले लगाएको प्रतिबन्धको परवाह गरेनन्।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड अनुसार, दिल्लीमा वायु गुणवत्ता खराब श्रेणीमा कायम रहेको छ। आज बिहान आनन्द विहारमा समग्र वायु गुणवत्ता सूचकांक (एक्यूआई) 296, आरके पुरममा 290, पंजाबी बागमा 280 र आईटीओमा 263 रह्यो। हिजो, आइतवारको तुलनामा आज एक्यूआई वृद्धि भएको छ। हिजो बिहान दिल्लीको आनन्द विहारमा एक्यूआई 266, आरके पुरममा 241, पंजाबी बागमा 233 र आईटीओमा 227 रहेको थियो।
एक्युआईमा गत 24 घण्टामा भएको वृद्धिका कारण आज बिहान राजधानी धुवॉंले ढाकिएको थियो। दृश्यता पनि कम थियो। हिजो सरह आज पनि हावाको गुणवत्ता खराब श्रेणीमा छ। बिहान छ बजी राष्ट्रिय राजधानी दिल्लीका विभिन्न ठाउॅंहरू बाक्लो कुइरोले ढाकेको थियो।
हिन्दुस्थान समाचार/भवानी
