गुवाहाटी, 12 नोभेम्बर : मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पण्डित मदन मोहन मालवीयलाई आज उनको पुण्यतिथिमा विनम्र श्रद्धाञ्जली अर्पित गरे। आफ्नो श्रद्धाञ्जली सन्देशमा मुख्यमन्त्रीले भऩे, पण्डित मदन मोहन मालवीय ज्ञानको भण्डार, राष्ट्रवादको अटूट समर्थक र बनारस हिन्दू विश्वविद्यालयको स्थापनाको दूरदर्शी प्रणेता थिए। उनको विरासत सबैको निम्ति प्रेरणाको श्रोत हो। यस दिन हामी आफ्ना राष्ट्रको प्रगतिमा उनको अमूल्य योगदानलाई याद गर्छौं।
