नगाउॅं, 11 नोभेम्बर (हि.स.)। असमको नगाउॅं जिल्लाको कालियाबोरको आवासीय क्षेत्रमा एकै दिनमा दुईवटा बॉंदरलाई बचाइएको छ। एउटा बॉंदर मालवाहक वाहनमा काजीरंगाबाट कोलियाबोर आएको थियो।
वन विभागले आज भने, कोलियाबोरको बैंगेनाटीमा काजीरंगाको बॉंदरलाई बचाइएको छ। एउटा बॉंदरलाई टाटा एसी वाहनबाट बचाइयो। वाहनमा प्रदीप साहू नामक व्यक्ति आफ्नो सामान लिएर घर पुगेका थिए। वाहन राति काजीरंगामा राजमार्ग पार गरेर कोलियाबोर आएको थियो। बॉंदर त्यही समय गाडीभित्र पसेको हुन सक्ने आशंका व्यक्त गरिएको छ।
यसैगरी, शुक्रवार राति कोलियाबोरको बामुनी पथारमा पनि एउटा बॉंदरलाई बचाइयो। राति उक्त बॉंदर एक व्यक्तिको घरभित्र पसेको थियो। उक्त दुईवटै बॉंदरलाई बचाएर वन विभागलाई सुम्पिएको छ।
हिन्दुस्थान समाचार/भवानी
