ऋषिकेश-कर्णप्रयाग रेल लाइनको निर्माणाधिन सुरूङ्गमा राखिएको केमिकलमा लागेको थियो आगो
ऋषिकेश, 06 नोभेम्बर (हि.स.)। ऋषिकेश-कर्णप्रयाग रेल लाइन परियोजना अन्तर्गत नगरासुको निर्माणाधिन सुरूङ्गमा आगलागी अवधि फसेका 44 जना मजदूरहरूलाई एसडीआरएफ र डीडीआरएफका जवानहरूले सुरक्षित बाहिर निकाले। राहतकर्मीहरू सुरूङ्गमा लागेको आगोलाई नियन्त्रित गर्न सफल भएका छन्।
ऋषिकेश-कर्णप्रयाग रेल लाइन परियोजना अन्तर्गत नगरासुमा निर्माणाधिन सुरूङ्गमा राखिएको केमिकलमा आगो लागेको कारणले घटनास्थलमा ठूलो खैला-बैला मच्चिएको थियो। यस अवधि सुरूङ्गभित्र 44 जना मजदूरहरूले काम गरिरहेका थिए। सूचना पाएर घटनास्थलमा पुगेका एसडीआरएफ र डीडीआरएफका जवानहरूले आगोलाई नियन्त्रित गर्नका साथै त्यहाँ फसेका सबै मजदूरहरूलाई सुरक्षित बाहिर निकाले।
एसडीआरएफका जिल्ला प्रभारी निरीक्षक नन्दन सिंह रजवारले बताए, घटना गए आइतवारको साँझ लगभग 7:30 बजे भएको थियो। बताइन्छ, रूद्रप्रयाग निकट नगरासुस्थित निर्माणाधिन टी-15 सुरूङ्गको प्रारम्भिक भागमा केही रसायनिक पदार्थ राखिएको थियो जसमा अचानक आगो लाग्यो। त्यहाँ काम गरिरहेका जमदूरहरूले आगोलाई निभाउने हरसम्भव प्रयास गरे, तर आगो तीव्र गतिमा फैलिएको कारणले निभाउन सकेनन्। त्यसपछि पुलिसलाई सूचित गरियो।
हिन्दुस्थान समाचार/उष्णता
