रिसड़ा, 05 नोभेम्बर :रिसड़ा शहरमा तृणमूल कांग्रेसद्वारा शनिवार सॉंझ आयोजित विजया सम्मेलन अवधि स्थानीय तृणमूल विधायक डा. सुदीप्तो रायले विधानसभा क्षेत्रमा गरिएका कार्यहरूको निकै बखान गरे।
उनले भने, एक समय रिसड़ामा अन्धकार थियो। सत्तामा आएपछि तृणमूल कांग्रेसले लाइटको व्यवस्था गऱ्यो। हामीले रिसडा मातृसदन फेरि शुरू गऱ्यौं, रिसडा सेवा सदन फेरि खोलिने छ। मानिसहरूको निम्ति शुद्ध पेयजलको व्यवस्था गरेका छौ। यहॉंको शिक्षा व्यवस्थामा सुधार गरेका छौ।
विधायकले रिसडा विधानचन्द्र मेडिकलको उदाहरण दिॅंदै भने, पहिले त्यहॉं परीक्षाहरू हुॅंदैन थियो, छात्रहरूले क्लास गर्न सक्दैन थिए। कलेज बाहिर मैदानमा बाहिरका मानिसहरूको जमघट हुने गर्दथ्यो। तर, सत्तामा आएपछि परिस्थिति बद्लियो र कलेजमा पढ़ाईको माहोल बनियो।
विजया सम्मेलनमा श्रीरामपुरका सांसद कल्याण बनर्जी, रिसड़ा नगरपालिकाका चेयरमेन विजय सागर मिश्रा, भाइस चेयरमेन जाहिद हसन खान, रिसड़ा शहर तृणमूल कांग्रेस अध्यक्ष मनोज साव सहित रिसड़ा नगरपालिकाका पार्षदहरू उपस्थित थिए।
