दार्जीलिङ, 02 नोभेम्बर : दार्जीलिङका विधायक निरज जिम्बाको कोषबाट जन कल्याणकारी कार्यहरू जारी रहेको छ। विधायक निरज जिम्बाको विधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत जन कल्याणकारी योजनाहरु तीब्र गतिमा सम्पन्न भइरहेक बताइएको छ।
यसै क्रममा दार्जीलिङ नगरपालिका अन्तर्गत लालकोठी वार्ड नम्बर 11 अन्तर्गत कल्याण विकास समितिमा सिढी मर्मत कार्य साथै स्टिलको रेलिङ लगाउने कार्य सम्पन्न गरिएको छ। स्थानीय वासिन्दाहरुले जानकारी गराए अनुसार, उक्त सिढीको अवस्था चिन्ताजनक रहेको कारण सम्बन्धित विभागहरुमा धेरै गुहार लगाएको भए तापनि कतैबाट सुनवाइ नभएपछिविधायक निरज जिम्बालाई बिन्तीपत्र चढाएपछि तुरुन्त सिढी निर्माण कार्य सम्पन्न भएको छ।
विधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत वर्ष 2022 – 23 को स्थानीय विधायक क्षेत्र विकास योजना कोषमार्फत् दार्जीलिङ नगरपालिका क्षेत्राधिकार अन्तर्गत 2,00,000 (दुई लाख) अनुमानित राशिमा निर्माण भएको छ। यसको निम्ति विधायक निरज जिम्बालाई स्थानीय लालकोठी कल्याण विकास समितिद्वारा निवासीहरुको तर्फबाट धन्यवाद दिदै आभार प्रकट गरेका छन् ।
