लखनऊ, 30 अक्टोबर (हि.स.)। अयोध्यामा श्रीराम जन्मभूमि स्थलमा निर्माणाधिन राम मन्दिरभित्र कुँद्ने कार्य तीव्र गतिमा भइरहेको छ। मन्दिरको प्रथम तलमा लगाइने सबै स्तम्भ तयार भइसकेको छ। ती स्तम्भहरूमा उड़िसाका कारिगरहरूले देवी-देवताहरूको मूर्ति अनि कलाकृतिहरूभित्र कुँद्ने कार्य तीव्रताको साथमा गरिरहेका छन्। सो जानकारी श्रीराम जन्मभूमि तिर्थ क्षेत्र ट्रष्टका सदस्य डा. अनिल मिश्रालि दिएका हुन्।
डा. अनिल मिश्राले बताए, 350 फुट लम्बाई र 245 फुट चौड़ाईमा तीन तले राम मन्दिर निर्माण हुनेछ। मन्दिरमा पाँचवटा गुम्बद बनाइनेछ। मन्दिरका 350 खाँबोहरूमा 6050 कलाकृतिहरू कुँदिनेछ। राम मन्दिरमा राजस्थानको पिङ्क स्यान्ड स्टोनको प्रयोग गरिएको छ। यस स्टोनमा कलाकृतिहरू राम्रोसितले बन्दछ भने स्टोनको न्यूनतम आयु एक हजार वर्ष हुनसक्ने अड़कल लगाइएको छ।
डा. मिश्राले अझ बताए, राम मन्दिरको चारैतिर एउटा पर्खाल बनाइनेछ जसको चौड़ा 14 फुट 778 मीटर हुनेछ जसमा श्रद्धालुहरूले परिक्रमा गर्न सक्नेछन्। पर्खालमा भगवान सूर्य, गणेशजी, भगवान शङ्कर, हनुमानजी एवं माँ अन्नपूर्णाको मन्दिर निर्माण हुनेछ भने पर्खाल बाहिर राम जन्मसित सम्बन्धित ऋषिहरूको मन्दिर निर्माण हुनेछ। ट्रष्ट अनुसार पर्खाल बाहिर गुरू वशिष्ठ, महर्षि वाल्मीकि, गुरू विश्वामित्र, अगस्त मुनि, अहिल्या एवं माता शबरीको मन्दिर हुनेछ।
राम मन्दिरमा पूर्व दिशाबाट प्रवेशको मार्ग रहनेछ। गर्भगृहमा विराजमान भगवान रामको दर्शन गर्नका लागि श्रद्धालुहरूले 32 वटा सीँढि चढ़्नुपर्नेछ। दिव्याङ्गहरूको निम्ति ऱ्याम्प बनाइनेछ। यस अतिरिक्त तीन प्रकारको लिफ्ट पनि मन्दिरमा जड़ान गरिनेछ।
राम जन्मिने समयमा रामललामाथि भगवान सूर्यको किरण पर्नेछ
चैत्र रामनवमीको शुभ अवसरमा राम जन्मिने समय गर्भगृहमा विराजमान रामललामाथि भगवान सूर्यको किरण सोझै पर्नेछ। राम जन्मिने समय गर्भगृहमा पर्ने सूर्यको किरणलाई त्यहाँ उपस्थित श्रद्धालुहरूले देख्न सक्नेछन्। राम जन्मेको क्षणलाई देश-दुनियाँमा प्रसारण गरिनेछ।
हिन्दुस्थान समाचार/उष्णता
