अमरावती, 30 अक्टोबर : आन्ध्र प्रदेशको विजयनगरम जिल्ला मेंहावडा-चन्नई लाइनमा आइतवार सॉंझ दुईवटा यात्री ट्रेनको टिक्करपछि राहत एवं बचाउ अभियान जारी रहेको छ। यस दुर्घटनामा 14 जनाको मृत्यु भएको छ। मृतकहरूको शव दुर्घटनाग्रस्त ट्रेनबाट बाहिर निकालिएको छ। दुर्घटनामा घाइते बनेका 113 जनालाई स्थानीय अस्पतालहरूमा भर्ती गरिएको छ।
रायगड़ा यात्री ट्रेनमा लगभग 1400 यात्री थिए। ट्रेनको चारवटा बोगी पटरीबाट झरेको छ। ग्यास कटरको माध्यमद्वारा एउटा बोगीबाट घाइते अनि शवहरू बाहिर निकालियो। राहत एवं बचाउ कार्य जारी छ। अन्य तीन डब्बामा फसेका मानिसहरूलाई निकालिॅंदैछ। यो रूट भएर चल्ने सबै ट्रेन रद्द गरिएको छ।
