
रांची, 30 अक्टोबर (हि.स.)। मुख्यमन्त्री हेमन्त सोरेनले सोमवार बिहान आन्ध्र प्रदेश ट्रेन दुर्घटनामा दुःख प्रकट गरे। आन्ध्र प्रदेशको विजयनगरममा आइतवार अबेर सॉंझ दुईवटा ट्रेनको टक्करमा 13 जनाको मृत्यु भयो।
मुख्यमन्त्रीले ट्रेन दुर्घटनाको खबरले मन आहत बनेको बताएका छन्। परमात्माले दिवंगत आत्माहरूलाई शान्ति प्रदान गरुन् अनि शोकाकुल परिवारलाई दुःखको यस विकट समयमा सहन गर्ने शक्ति प्रदान गरुन् भनी उनले कामना गरेका छन्। साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
हिन्दुस्थान समाचार/भवानी
