काठमाडौं, 29 अक्टोबर (हि.स.)। संयुक्त राष्ट्र महासचिव एण्टोनियो गुटेरस शनिवार मध्य राति नेपाल आइपुगे। चार दिवसीय यात्रामा नेपाल आएका गुटेरसलाई काठमाडौं विमानस्थलमा विदेशमन्त्री एनपी साउदले स्वागत जनाए। गुटेरसको यो पहिलो नेपाल यात्रा हो।
संयुक्त राष्ट्र महासचिवको आज (आइतवार) राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उप प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का र उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा विदेश मन्त्री साउदसॅंग शिष्टाचार भेट प्रस्तावित रहेको छ। प्रधानमन्त्रीले आज सॉंझ उनको सम्मानमा रात्रिभोज दिनेछन्।
गुटेरस मंगलवार नेपाल संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधित गर्नेछन्। यस अतिरिक्त नाम्चेस्थित एभरेस्ट बेस क्याम्प, पोखरास्थित अन्नतपर्ण बेस क्याम्पको पनि भ्रमण गर्नेछन्। यी दुवै स्थानहरूमा जवायु परिवर्तन सम्बन्धी कार्यक्रमलाई सम्बोधित गर्नेछन्। उनी लुम्बिनी पनि जानेछन्।
हिन्दुस्थान समाचार/बिशाल
