
मुम्बई, 28 अक्टोबर (हि.स.)। रिलायन्स इण्डस्ट्रीजका चेयरम्यान मुकेश अम्बानीलाई ई-मेल मार्फत ज्यान लिने धम्की दिइएको छ। धम्की दिनेले भनेको छ, 20 करोड़ रुपियाँ दिएन भने हामी गोली ठोकी ज्यान लिनेछौं। पुलिस अनुसार मुकेश अम्बानीलाई धम्कीपूर्ण ई-मेल गए 27 अक्टोबरमा प्राप्त भएको थियो। यस मामिलामा मुम्बईको गामदेवी थानामा आईपीसीको धारा 387 अनि 506 (2) अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
पुलिसले बतायो, धम्की दिने व्यक्तिले ई-मेलमा लेखेको छ- उसित शार्प शुटर्स छ। पैसा पाएन भने उसले उनलाई मार्नेछ। धम्कीपूर्ण ई-मेल प्राप्त भएपछि मुकेश अम्बानीको सिक्योरिटी इन्चार्जको सिकायतको आधारमा गामदेवी पुलिसले अज्ञात व्यक्तिविरूद्ध आईपीसीको धारा 386 र 506 (2) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। आरोपीलाई खोज्न शुरू गरिएको छ।
हिन्दुस्थान समाचार/उष्णता
