– रा.स्व. संघको प्रतिनिधि सभामा पारित भयो राम मन्दिरको प्रस्ताव
– प्रस्तावमा सबैको योगदान र बलिदानको स्मरण
नागपुर, राष्ट्रिय स्वयंसेवक संघको अखिल भारतीय प्रतिनिधि सभाको आयोजन 15 देखि 17 मार्चसम्म नागपुरको रेशिम बागमा भयो। यसमा प्रमुख रूपले अयोध्याको श्रीराम मन्दिरमाथि प्रस्ताव पारित भएको छ। यस प्रस्तावको माध्यमद्वारा संघले श्रीराम मन्दिरको निम्ति बलिदान दिने राम भक्त र मन्दिर निर्माणमा योगदान दिने सबै कार्यकर्ताहरूको स्मरण गरेर धन्यवाद दिएको छ।
रा. स्व. संघले स्पष्ट रूपमा भनेको छ, अयोध्यामा श्रीराम मन्दिरको निर्माण राष्ट्रको पुनरुत्थानको प्रतीक हो। मन्दिर निर्माणका साथै अब संघ राम राज्यको कल्पनालाई सरकार बनाउन प्रयासरत छ।
उल्लेखनीय छ, अयोध्यामा 22 जनवरी, 2024 मा आयोजित श्रीराम मन्दिरको प्राण-प्रतिष्ठा समारोहमा सरसंघचालक डा. मोहन भागवतले भनेका थिए, ‘अयोध्यामा राम मन्दिरको निर्माण भएको छ, अब देशमा राम राज्य आउनुपर्छ।’ राम मन्दिर निर्माणपछि संघ अब सुशासन र लोकहितलाई सुनिश्चित गर्ने रामराज्यको निम्ति प्रयासरत छ।
संघको प्रतिनिधि सभामा पारित प्रस्तावमा संघले मन्दिरको निम्ति बलिदान दिने कारसेवक, सरकार र प्रशासनसहित आन्दोलनमा सामेल शोधकर्ता, पुरातत्वविद, विचारक, कानूवविद, मिडिया र सम्पूर्ण हिन्दू समाजको योगदानको उल्लेख गरेको छ।
वितेका 50 वर्षमा पत्रकारिताको माध्यमले संघलाई बुझ्ने र बुझाउने वरिष्ठ पत्रकार एलटी जोशीले उक्त प्रस्तावमाथि भने, राम मन्दिरको निर्माणलाई भारतको पुनरुत्थानको दिशामा पहिलो सीढी मान्नुपर्छ। राम केवल श्रद्धाको विषय होइन, तर भारतीय जीवन दर्शनका प्राण हुन्।
जोशी अनुसार, संघले श्रीराम मन्दिरलाई कहिले पनि ढुङ्गाले बनेको भव्य भवन मानेको छैन। तर, विदेशी आक्रान्ताहरूले भारतीय समाजमाथि गरेका अत्याचारहरूबाट मुक्ति दिलाउनका लागि सामूहिक प्रयासको प्रतीकको रूपमा राम मन्दिरलाई हेरेको छ र सोही भावनाका साथ ठूला-ठूला वाधाहरू हटाएर यस आन्दोलनलाई अगाडि बढाएको छ।
संघको मान्यता अनुसार, यो मन्दिर राष्ट्रिय स्वाभिमानको एक अखण्ड दीपक हो जसले पीढीहरूसम्म स्वाभिमानको दियो बालेर राख्ने छ। जोशीले राष्ट्रको पुनरुत्थानको प्रतीक राम मन्दिरलाई लिएर संघको प्रतिनिधि सभामा प्रस्ताव आउनु आफैमा ठूलो कुरा रहेको बताए। यस माध्यमद्वारा संघको पाइला राम राज्यको स्थापनाको निम्ति अगाडि बढिसकेको छ।
जोशीले भने, लोक जागरणको निम्ति नित नयॉं कार्यक्रम गर्नु संघको विशेषता हो। अयोध्यामा श्रीराम मन्दिरको उद्घाटन समारोहभन्दा अघि स्वयंसेवक-कार्यकर्ताहरूले अयोध्याबाट ल्याएका पूजित अक्षतलाई घर-घरमा वितरण गरे। त्यस अवधि संघ र समविचारी संगठनहरूका 44 लाख 98 हजार कार्यकर्ताहरू देशका 5 लाख 98 हजार 778 गाउॅंसम्म पुगेका थिए। 19 करोड़ 38 लाख परिवारसम्म अक्षत पुऱ्याइयो र 22 जनवरीमा देशभरि 5 लाख 60 हजार स्थानमा कार्यक्रम आयोजित गरियो।
यस सम्पूर्ण आन्दोलनमा स्वयंसेवक तन, मन र धनले सामेल भएका थिए। यो भन्दा व्यापक जन सम्पर्क अभियान अरू कुनै हुन सक्दैन। संघ आफ्नो कार्यक्रमहरूको माध्यमद्वारा प्रत्येक वर्गसम्म पुग्न चाहन्छ र यसको निरन्तर विस्तार भइरहेको छ भने प्रभाव पनि बढिरहेको छ।
