कोलकाता, 24 अक्टोबर। उत्तर बंगालमा उग्रवादी संगठन कामतापुर लिबरेशन अर्गनाइजेशन (केएलओ) एकपल्ट फेरि पुलिसको निम्ति टाउको दुखाई बन्न थालेको छ। संगठनले उत्तर बंगालमा स्थानीय व्यापारीहरूलाई धम्कीपूर्ण पत्र पठाएर पैसा मागेको घटना प्रकाशमा आएको छ। विशेषगरी, यो संगठन वर्षौंदेखि निष्क्रिय थियो।
हालैमा अपीपुरद्वार जिल्लाका एक व्यवसायी बिनय कुमार दासलाई कथित रूपमा केएलओले पठाको धम्कीपूर्ण पत्रमा 10 लाख रूपियॉं माग गरिएको थियो। उनले स्थानीय पुलिसलाई मामिलाको सूचना दिए। उनी निकै तनाउमा थिए, किनकि उनको निवास र व्यापार केन्द्र पश्चिम बंगाल-असम सीमा छेउ थियो। धम्कीपूर्ण पत्र व्हाट्सएपको माध्यमद्वारा पठाइएको छ।
जिल्ला पुलिस सूत्रहरू अनुसार, पुलिसले यस घटनालाई गम्भीरताका साथ लिएको छ। कामतापुर राज्यको माग गर्ने एक स्वतन्त्र समिति कामतापुर राज्य माग समितिले केन्द्र अनि प्रतिबन्धित केएलओबिच तत्काल शान्ति वार्ता शुरू गर्न माग गरेको छ। समितिले हालैमा आत्मसमर्पण गर्ने केएलओ महासचिव कैलाश कोचलाई पनि शान्ति वार्तामा सामेल गर्नुपर्ने माग गरेको छ।
