नगाउॅं, 23 अक्टोबर। नगाउॅं-मोरीगाउॅं सम्पर्क मार्गमा भएको सड़क दुर्घटनामा मृतकहरूको संख्या तीन पुगेको छ। हिजो दुर्घटनामा दुईजनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक गम्भीर रूपमा अस्पतालमा भर्ती थिए।
दुर्घटना नगाउॅं-मोरीगाउॅंलाई जोड्ने पीडब्ल्यूडी मार्गमा आइतवार बिहान भएको थियो। दुर्घटनामा दुईजनाको त्यही समय मृत्यु भएको थियो भने आइतवार अबेर राति अस्पतालमा मृत्यु भयो। मृतकहरू सबै मोरीगाउॅं निवासी थिए।
मृतकहरूको नाम मोरीगाउॅंको करचुबाबाडी निवासी किशोर मण्डल, निरंकार दास र विजय दास बताइएको छ। पुलिसले घटनाको सम्बन्धमा जॉंच शुरू गरेको छ।
