जम्मू, 23 अक्टूबर। सुरक्षा बलले बारामुला जिल्लाको उड़ीको सेक्टरमा सोवार बिहान पुनः खोजी अभियान शुरू गरिएको छ। गत अबेर राती घुसपैठ गर्ने प्रयास गरिरहेका दुई पाकिस्तानी आतंकवादीहरूलाई सुरक्षा बलहरूले मारेका थिए। यस अवधि दुई आतंकवादी घाइते भएको आशंका रहेको छ। घटनास्थलबाट भारी मातामा हतियार र गोला-बारूद जफ्त गरिएको छ। घाइते आतंकवादीहरूलाई समात्नको लागि खोजी अभियान शुरू गरिएको थियो जसलाई राती भएको कारणले रोकिएको थियो भने सोमवार बिहानदेखि फेरि शुरू गरिएको छ।
सेनाका प्रवक्ता अनुसार सुरक्षाबलहरूलाई नियन्त्र रेखा पारी भारी हतियारहरूद्वारा लैस आतंकवादीहरूले घुसपैठ गरेको सूचना प्राप्त भएको थियो जसले गर्दा सैनिकहरूलाई हाई अलर्टमा राखिएको थियो। वर्षा र खौरब मौसमको फाइदा उठाउँदै आतंकवादीहरूको एक दलले नियन्त्र रेखा पारी घुसपैठ गर्ने प्रयास गऱ्यो। अँधायारो हुञ्जेलसम्म दुवैतिरबाट गोली चल्यो। यस अवधि दुईजना आतंकवादी मारिए।
प्रवक्ताले बताए, बँचेका अन्य आतंकवादीहरू मारिएका आतंकतवादीहरूको शव लिएऱ भागे। घटनास्थलबाट एके राइफल, 6 पेस्तोल, 4 चीन निर्मित ग्रेनेड, कम्बल र दुईवटा रगतले लतपत ब्याग, पाकिस्तानी र भारतीय नोट, औषधि खाद्य सामग्री जफ्त गरिएको छ। यसपूर्व 30 सेप्टेम्बरमा कुपवाड़ाको माच्छिल सेक्टरमा घुसपैठ गर्ने असफल प्रयास गर्दै सुरक्षाबलहरूले दुई घैसपैठीलाई मारिएको थियो।
