इम्फाल, 18 अगस्त (हि.स.)। मणिपुरमा धनार्जन तथा नशा तस्करीमाथि लगाम लगाउनको लागि सुरक्षा बलहरूले गुप्त सूचनाको आधारमा खोजी एवं कम्बिंग अभियान संचालन गरे। यस अभियान अवधि बितेको 24 घण्टाभित्रमा केही आरोपीहरूलाई पक्राउ गर्न सुरक्षा बलहरू सफल भएका छन्।
पुलिस प्रवक्ताले सोमवार बतायो, सुरक्षा बलहरूले केसीपी (पीडब्ल्यूजी)- का क्याडर युमनाम मिलांजित मैतेई (33), निवासी लैरेनकबी अवांग लिकाई ममंग लेइराक, इम्फाल पश्चिमलाई घारी माखा लिकाई, लम्फेल थाना क्षेत्रबाट पक्राउ गरे जो उपत्याका क्षेत्रका कलेज एवं आमजनबाट धनार्जन जस्तो गतिविधिमा सामेल थिए। आरोपीबाट एउटा मोबाइल फोन जफ्त गरिएको छ।
सोही दिन अर्को अभियानमा ड्रग्स तस्कर मोहम्मद अरूब खान इफाम उपनाम खांसा (26), निवासी क्वाक्ता खु्मान वार्ड नम्बर- 5 स्थित क्वाक्ता सबल लिकाई, एनएच-02 टिड्डिम रोड, फौगकचाओ इखाई थाना क्षेत्र, बिष्णुपुरबाट पक्राउ गरियो। आरोपीको कब्जाबाट दश वटा साबुनदानीमा भरिएको 113 ग्राम हेरोइन पाउडर, एउटा चार चक्के वाहन र एउटा मोबाइल ह्याण्डसेट सिम कार्ड सहित जप्त गरिएको छ।
क्वाक्ता तेराखोंगशांगबी बजार, एनएच-02 टिड्डिम रोडबाट त्यसै दिन दुईजना तस्करहरूलाई पक्राउ गरियो। पक्रा पर्ने आरोपीहरूको पहिचान मोहम्मद नजरुद्दीन उपनाम बाबू फिसुबाम (42) औ मोहम्मद अल्ताब खान उपनाम बय मोजिंगमयुम (31) -को रूपमा गरिएको छ। दुवै बिष्णुपुर जिल्लाको क्वाक्ता वार्ड नम्बर-8 का निवासी हुन्। यिनीहरूबाट 22 वटा साबुन केसमा भरिएको 256 ग्राम हेरोइन पाउडर, एउटा चार चक्के वाहन र दुईवटा मोबाइल फोन जफ्त गरिएको छ।
सुरक्षा एजेन्सीहरूले स्पष्ट पारेको छ, राज्यबाट धनार्जन तथा नशाको नेटवर्कलाई ध्वस्त नबनाउञ्जेलसम्म यो अभियान जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
